प्रधानमन्त्री भन्छन्- सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील छ « Khabarhub

प्रधानमन्त्री भन्छन्- सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील छ


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताएका छन् ।  

आइतबार झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अहिले सूचना र प्रविधि लगायतका क्षेत्रमा मुलुक निकै अगाडी रहेको भन्दै हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए । 

उनले मुलुकका ७७ जिल्लामा फोरजी सेवा पुराउन सफल भएको र अव फाइभजीको विकासतर्फ लागेको उल्लेख गरे  । उनले गौरिगंञ्जको छोटी भन्सार तीन किलोमिटर वर रहेकाले त्यसको अर्थ नहुने भन्दै सीमामा राख्नुपर्ने धारणा राखे । देशभित्र भन्सार कहाँ राख्ने भन्ने कुरा आफैले निर्णय गर्ने भन्दै उनले अरूले सिकाउनु नपर्ने जिकिर गरे ।  

उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने बताए  ।

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा  २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता  गरिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ४ : ५१ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते