प्रधानमन्त्री भन्छन्- सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील छ « Khabarhub

प्रधानमन्त्री भन्छन्- सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील छ


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताएका छन् ।  

आइतबार झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अहिले सूचना र प्रविधि लगायतका क्षेत्रमा मुलुक निकै अगाडी रहेको भन्दै हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए । 

उनले मुलुकका ७७ जिल्लामा फोरजी सेवा पुराउन सफल भएको र अव फाइभजीको विकासतर्फ लागेको उल्लेख गरे  । उनले गौरिगंञ्जको छोटी भन्सार तीन किलोमिटर वर रहेकाले त्यसको अर्थ नहुने भन्दै सीमामा राख्नुपर्ने धारणा राखे । देशभित्र भन्सार कहाँ राख्ने भन्ने कुरा आफैले निर्णय गर्ने भन्दै उनले अरूले सिकाउनु नपर्ने जिकिर गरे ।  

उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने बताए  ।

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा  २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता  गरिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ४ : ५१ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ