युक्रेनको सुमीमा रुसी आक्रमण : २१ जनाको मृत्यु, ८३ घाइते « Khabarhub

युक्रेनको सुमीमा रुसी आक्रमण : २१ जनाको मृत्यु, ८३ घाइते


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको सुमी शहरको मध्य भागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।

‘रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो,’ सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ । ‘प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्,’ उनले भने । 

आइतबार भएको आक्रमणमा परी घाइते हुनेको सङ्ख्या ८३ पुगेको किएभले जनाएको छ ।  

‘सात बालबालिकासहित ८३ जना घाइते भएका छन्,’ गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्धार कार्य जारी छ।’
 

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ०७ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ