प्रदीप र विपीनको भिडन्त : दुवै एक्सन अवतारको पहिलो परीक्षामा | Khabarhub Khabarhub

प्रदीप र विपीनको भिडन्त : दुवै एक्सन अवतारको पहिलो परीक्षामा


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत २९ बाट दुई फ्रेस फिल्म प्रदर्शनरत छन्– कर्मा र पिताम्बर ।

‘पिताम्बर’ मल्टिस्टारर भए पनि केन्द्रीय नायक प्रदीप खड्का हुन् । कर्माको नायक विपीन कार्की हुन् । त्यहीकारण यसलाई बक्स अफिसमा प्रदीप र विपीनको भिडन्तका रुपमा हेरिएको छ ।

यी दुवै एक्सन प्रधान फिल्म हुन् । फेरि विपीन र प्रदीपले पहिलो पटक एक्सन फिल्म गरेका हुन् ।

अन्य जनरामा रुचाइएका नायकहरूलाई एक्सनमा दर्शकले अस्वीकार गरेको उदाहरण छन् । यस अर्थमा प्रदीप र विपीन दुवै एक्सन अवतारको परीक्षामा छन् ।

यी दुवै फिल्म नयाँ वर्षको ‘प्राइम डेट’ लक्षित गरी प्रदर्शनमा आएका हुन् । वैशाख १ गतेको हलमा दर्शकको उपस्थिति र उनीहरुको प्रतिक्रियाले यी फिल्मको व्यापारमा विशेष महत्व राख्छन् ।

अब प्रदीप र विपीनलाई एक्सनमा अवतारमा दर्शकले स्वीकार गर्छन् कि अस्वीकार त्यो थाहा पाउन धेरै दिन बाँकी छ ।

‘दिनको संकेत बिहानले गर्छ’ भन्ने उक्ति यहाँ लागु गर्ने हो भने फिल्म जानकारहरूले यी दुई फिल्मको प्री–बुकिङ हरेर एक्सनमा विपीन र प्रदीपको भविष्य देखिसके । तर, यही हो भनेर किटान गर्न अहिल्यै हतार हुन्छ ।

एक्सन अवतारमा विपीन आशावादी

चरित्र निर्माणमा दख्खल राख्ने क्षमताका कारण विपीनले भर्सटायल नायकको छवि बनाए छन् ।

उनी फरक फिल्ममा फरक चरित्र निर्माण गर्नुपर्छ भन्ने मान्यता राख्छन् । चरित्र निर्माणमा उनको मिहिनेत पनि देखिन्छ ।

विपिनले ‘छड्के’ फिल्ममा ‘इन्दु’, ‘पशुपतिप्रसाद’मा ‘भस्मे डन’, ‘लुट’मा ‘पितले डन’ र ‘जात्रा’ सिरिजमा निर्वाह गरेको ‘फणीन्द्र’को पात्र दर्शक समक्ष स्थापित छन् ।

कमै नायकले यति धेरै दर्शक समक्ष स्थापित हुने भूमिका निर्वाह गर्न पाउँछन् ।

तर, यी सबै पात्रमा विपीन एक्सन अवतारमा प्रस्तुत छैनन् । ‘कर्मा’मा नै उनी पहिलो पटक एक्सन भूमिकामा देखिँदैछन् । दर्शकले एक्सन अवतार अस्वीकार गर्ने जोखिम उनको हकमा पनि छ ।

यो जोखिमका बीच ‘कर्मा’ निर्देशक सौरभ चौधरी विपीनलाई एक्सन अवतारमा उतारेर नयाँ प्रयोग गरेका हुन् ।

यसलाई उनी जोखिमका रुपमा भने मान्न तयार छैनन । निर्देशक चौधरी बलिउडको उदाहरण दिँदै भन्छन्, ‘हिजो दिनमा यक्ष कुमारले एक्सन फिल्म गर्दै गर्दा कमेडी फिल्म गरेका थिए । आजको दिनमा उनी फेरि हरेक जनराका फिल्म गर्छन् । त्यो कुरा नेपालमा किन लागु हुँदैन र ?’

उनी विपीनको कामप्रति ‘कन्फिडेन्ड’ देखिन्छन् । भन्छन्, ‘यो पटक दर्शकले हलमा पहिलाभन्दा फरक विपीन कार्कीलाई देख्नुहुन्छ । केही नयाँ हेर्न जाँदैछु भनेर दर्शक हलमा जानुभयो बहुत मज्जा आउनेछ ।’

यता विपीनले पनि एक्सन अवतारमा प्रस्तुत हुन मिहिनेत गरेका छन् । उनले ‘कर्मा’का लागि ११ किलोग्राम तौल घटाएका छन् ।

विपीन थप्छन्, ‘अझै घटाउनुपर्ने थियो । समयका कारण पाइनँ ।’

फरक जनराका फरक–फरक चरित्र स्थापित भइसकेकाले एक्सन अवतार पनि दर्शकले मन पराउनेमा विपीन आशावादी छन् ।

भन्छन्, ‘एक्सन अवतार पनि दर्शकले रुचाउने गरी नै गरेको छु । सम्भवत यो अवतार दर्शकलाई नयाँ खुराक हुनसक्छ ।’

विपीनले भनेको ‘नयाँ खुराक’को अर्थ हो– दर्शक समक्ष आफ्नो नयाँ चरित्र स्थापित हुन्छ ।

अब, फिल्म दर्शक समक्ष गइसकेको छ । विपीनको एक्सन अवतारको परीक्षाको नजिता यो साता नै आइहाल्ला नि !

प्रदीप पनि नयाँ अभ्यास

‘लभर बोइ’बाहेक अर्को छवि बनाउन चाहान्छन्– प्रदीप । त्यसैले उनले ‘लभ स्टोरी’भन्दा फरक धारका फिल्म गरिरहेका छन् ।

यो वर्ष प्रदीपले चार फिल्म ‘पुजार सार्की’, ‘एक्टर : टेक वान’, ‘पिताम्बर’ र ‘एक्लो’ छायाङ्कन पूरा गरे ।

प्रदीपका अनुसार उनी यो वर्ष छोटो समय फरक–फरक चरित्र निर्वाह गर्ने अभ्यासमा केन्द्रित थिए ।

उनी भन्छन्, ‘म बक्स अफिसमा फिल्म सफल होस् भन्ने कुरालाई मात्र ध्यानमा राखेर यो वर्ष काम गरेको छैन । म चरित्र निर्वाहमा विविधता दिने हिसाबले काम गरेको छु ।’

अर्थात्, प्रदीपलाई आफ्नो नयाँ चरित्र स्थापित होस् भन्ने चाहाना छ । ‘पिताम्बर’मा एक्सन अवतारमा प्रस्तुत हुने निर्णयलाई पनि उनी नयाँ अभ्यासका रुपमा स्वीकार गर्छन् ।

एक्सन अवतार बारे उनी भन्छन्, ‘पिताम्बर फिल्म मैले त्यसै गरेको होइन । एक्सनको अभ्यासमा पास हुने इच्छा नै हो । यो चरित्र दर्शकले रुचाएको अवस्थामा थप स्थायित्व मिल्छ भन्ने अवश्य नै लागेको छ ।’

०००

विपीन ‘भर्सटायल नायक र ‘एक्टर : टेक वानबाट’ प्रदीपले ‘सुपरस्टार’को ट्याग पाएका छन् ।

‘कर्मा’ र ‘पिताम्बर’को बक्स अफिस प्रतिस्पर्धालाई भर्सटायल नायक र सुपरस्टारको भिडन्तका रुपमा पनि चर्चा भएको ।

दुई फिल्म एक साथ प्रदर्शनमा आउनु अहिले सामान्य हो । अझ ‘प्राइम डेट’मा सोलो रिलिजको उदाहरण शून्यःप्राय जस्तै छ ।
दुवै एक्सन प्रधान फिल्म भएकाले दर्शकलाई ‘कुन फिल्म हेर्ने ?’ भन्ने द्विविधा हुनसक्छ ।

प्रदीप र विपिनमा कसले बाजी मार्ने हुन् वा दुवै भाग्यमानी सावित हुन्छन्, त्यसको छनक यही साता थाहा पाइनेछ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ०१ बजे

गण्डकीमा प्रशासनिक संरचना पुनरावलोकन समितिले प्रतिवेदन बुझायो

पोखरा– गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा

गण्डकीको सामाजिक समितिमा माओवादीकी दमयन्ती निर्वाचित

पोखरा– गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा

मौसमी जटिलताका कारण पाकिस्तानका विद्यालय बन्द

पाकिस्तान– जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय

गण्डकीका पूर्वमुख्यमन्त्रीले भने- राइड सेयरिङमा कसैले चुनौती दिन सक्दैन

पोखरा– गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले राइड

नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक छ : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम