सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ जनाको मृत्यु « Khabarhub

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ जनाको मृत्यु


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

पोर्ट सुडान- सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह सहरमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार र शनिबार गरी दुई दिन लगातार आक्रमण गर्दा ५६ जना सर्वसाधारणको ज्यान गएको स्थानीय स्वयंसेवी समूहले जानकारी दिएको छ । स्थानीय समितिका अनुसार, आक्रमण जातीय पहिचानका आधारमा गरिएको थियो र मृतकमध्ये धेरैजसो एउटै समुदायका थिए ।

उम्म कदादाह सहर डारफुर क्षेत्रको अन्तिम ठूलो सहर इल–फाशरतर्फ जाने मार्गमा पर्छ, जुन अहिले पनि सुडानी सेनाको नियन्त्रणमा रहेको सहर हो । स्थानीय प्रतिरोध समितिका अनुसार शुक्रबार र शनिबार भएका आक्रमण जातीय पहिचानका आधारमा लक्षित गरिएको थियो । यो समिति युद्ध सुरु भएदेखि नै राहत र समन्वयका काममा सक्रिय रहेको छ ।

उम्म कदादाह इल–फाशरबाट करिब १८० किलोमिटर पूर्वमा अवस्थित छ । अर्धसैनिक समूहले सहरलाई कब्जा गरेको एक दिनपछि त्यहाँ आक्रमण भएको हो । समितिले आक्रमणका क्रममा सर्वसाधारणमाथि हिंसा, धेरैलाई सहरबाट जबरजस्ती विस्थापित र सम्पूर्ण सञ्चार सेवाहरू बन्द गरिएको जनाएको छ । समितिका अनुसार कम्तीमा १४ जना अझै हराइरहेका छन् ।

इल–फाशरमा सङ्कटको अवस्था

शनिबारसम्म इल–फाशर नजिकको शिविरमा भएका आक्रमणमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ, जसमा महिला तथा बालबालिकासमेत छन् । मृतकहरूको पहिचान अझै खुल्न नसकेको बताइएको छ । सुडानी सेनाले इल–फाशर सहरमा मात्रै ७४ जना नागरिकको मृत्यु र १७ जना घाइते भएको जनाएको छ ।

स्थानीय स्रोतका अनुसार इन्टरनेट र सञ्चार सेवाहरू अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण प्राप्त गर्न सकिएको छैन ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ३८ बजे

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१