सरकारको कमजोरीको फाइदा प्रतिगामीले लिन खोज्दै छन् : प्रचण्ड « Khabarhub

सरकारको कमजोरीको फाइदा प्रतिगामीले लिन खोज्दै छन् : प्रचण्ड


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । आइतबार राति एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षको शुभकामना दिएका हुन् ।

उक्त शुभकामना सन्देशमा प्रचण्डले पछाडि फर्केर नभई अगाडि बढेर भविष्य उज्यालो हुने उल्लेख गरेका छन् । ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ । हामीले न्याय स्वतन्त्रता र समानताका लागि त्याग,तपस्या र बलिदानका कयौँ किर्तिमान कायम गरेका छौँ । हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ,’प्रचण्डले भिडियोमा भनेका छन् ।

उनले सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताए । जसको फाइदा प्रतिगामी शक्तिहरुले लिइरहेको प्रचण्डको भनाइ छ । सुशासनका नयाँ मानकहरु स्थापित गर्दै देशलाई उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढ्नुपर्ने उनले भिडियमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १० : १३ बजे

कांग्रेसले टुंग्यायो १६५ क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन

सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नवलपरासी-१ बाट उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने- राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासी क्षेत्र नम्बर १ बाट

भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप

काठमाडौं- भारत सरकारले नेपाललाई प्रदान गरेको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न