आज २०८२ साल वैशाख ३० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख ३० गते मंगलबारको राशिफल


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८२ साल वैशाख ३० गते मंगलबार। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ मे १३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। निर्णय गर्ने क्षमताको विकास हुनेछ। दीर्घकालीन योजनामा समय खर्चिए सफलता प्राप्त हुनेछ। विपक्षी शान्त रहेकाले हरेक काममा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। अध्ययन अध्यापनमा जोस र जागर बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुहोला।

मिथुन : साना कुरामा आक्रेश व्यक्त नगर्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँग समय बिताउनुपर्ने भएकाले धैर्यताको खाँचो देखिन्छ। अध्ययनमा जोस र जागर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

कर्कट : पुराना मानिससँगको भेटले नयाँ योजना बन्नेछ। धार्मिक अभियन्तासँगको सहकार्यले फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा घाटा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : खानपानमा समस्या हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ। विपक्षी सक्रिय रहेकाले घेराबन्दीमा पर्ने जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : सहकार्यबाट अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई ठुलो विश्वास नगर्नु उचित हुनेछ। हरेक ठाउँमा कर्तव्य मात्र पूरा गर्नुपर्नेछ। राज्यमा सेवाको अवसर मिल्ने भएकाले सदुपयोग गर्नुपर्नेछ।

तुला : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। मन खुशी हुने दिन छ। स्वास्थमा सुधार हुँदै जानेछ। परिवारको मायाले सोचेको काम सफल बन्नेछ।

वृश्चिक : तपाईंको राशिमा उदयमान चन्द्रमा पुगेका छन्। महत्त्वपूर्ण निर्णय लिन हिम्मत गर्नुपर्नेछ। विपक्षी साथीको साथ मिल्दा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ।

धनु : सोचेका काममा अवरोध सिर्जना हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट भने आंशिक फाइदा हुनेछ। राज्यको तर्फबाट प्राप्त हुने सेवाबाट बन्चित बन्नुपर्ने जोखिम छ।

मकर : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम बन्नेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा आकर्षण बढ्नेछ।

कुम्भ : धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। तर्क धेरै नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले उठाएको सवालको सम्बोधन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानीका दृष्टिले तपाईंको योजना सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुन नसक्दा मन अशान्त बन्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ३४ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।