अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक  « Khabarhub

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति भएसँगै सोमबार शेयर मार्केट उकालो लागेको छ ।

स्विट्जरल्यान्डको जुरिचमा भएको वार्तापछि एक अर्का विरुद्धमा महँगो आयात कर लगाउने निर्णयबाट दुवै देश पछि हट्ने सहमति भएपछि शेयर बजारले सकारात्मक लय समातेको हो ।

सोमबार युरोपका स्टकमा वृद्धि भएको छ । यसै गरी हङकङमा हाङसेङको सूचकाङ्कमा ३ प्रतिशतले वृद्धि देखिएको छ ।

यो सहमतिले जहाज कम्पनीको शेयरमा सकारात्मक प्रभाव देखिएको छ । डेनमार्कको मेयस्रपमा १२ प्रतिशतसम्म वृद्धि भएको छ । जर्मनीको होपाङ लोयडमा १४ प्रतिशतले वृद्धि भएको छ । 

अमेरिकाले आयात कर १४५ प्रतिशतबाट ३० मा झार्ने र चीनले १२५ बाट १० प्रतिशत बनाउने सहमति भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्ला निर्णयहरू खारेज भएको नभई स्थगित भएको बताएका छन् । उनले तीन महिनामा सबै विषय सकारात्मक बाटोमा नगए यो फेरी बढ्न सक्ने उल्लेख गरेका छन् । यद्यपि पहिले भनिए जस्तै १४५ प्रतिशत पुग्ने अपेक्षा नगरिएको उनको भनाइ छ ।

‘हामी चीनलाई चोट दिन चाहँदैन थियौँ । हाम्रा कारणले उनीहरूलाई धेरै अप्ठेराे भएको साँचो हो । त्यहाँका धेरै कारखाना बन्द भएका छन् । यो डिलले उनीहरू खुसी भएका छन्,’ राष्ट्रपति ट्रम्पले भने ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : १८ बजे

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स