आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने « Khabarhub

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी जेठ ३ गते (१७ मे) देखि सुरु हुने भएका छन् ।

यसअघि कश्मीरको सीमामा भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण मे ९ का दिन आईपीएल एक साताका लागि स्थगित भएको थियो ।

आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।

आईपीएलको प्ले अफको स्थान भने निर्णय हुने बाँकी छ । तथापि मिति भने पक्का भइसकेको छ ।

पहिलो क्वालिफायर २९ मे तथा इलिमिनेटरको खेल ३० मे मा हुनेछ । १ जुनमा दोस्रो क्वालिफायर हुनेछ ।

यसअघि ८ मे का लागि धर्मशालामा हुने भनिएको पन्जाब किङ र मुम्बई इन्डियन्सबीचको खेल २४ मे मा हुनेछ । यस्तै १७ मे मा कलकत्ता नाइटराइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल हुनेछ । आईपीएलको फाइनल खेल ३ जुनमा हुने तालिका छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ०० बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली