आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै « Khabarhub

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आज हङकङसँग खेल्न लागेको हो ।

खेल थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १२:३५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा दुई खेलबाट तीन अंकका साथ समूह ‘सी’ को शीर्षस्थानमा रहेको नेपालले हङकङलाई पराजित गर्न सके एक खेल अगावै सुपर– ३ मा स्थान बनाउने छ । पराजित भएको खण्डमा यात्रा कठिन बन्नेछ ।

यसअघिका खेलमा वर्षाका कारण खेल रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । हङकङले भने आफ्ना दुवै खेलमा अंक बाँडेर २ अंक जोडेको छ ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १० : २७ बजे

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो