आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै « Khabarhub

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आज हङकङसँग खेल्न लागेको हो ।

खेल थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १२:३५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा दुई खेलबाट तीन अंकका साथ समूह ‘सी’ को शीर्षस्थानमा रहेको नेपालले हङकङलाई पराजित गर्न सके एक खेल अगावै सुपर– ३ मा स्थान बनाउने छ । पराजित भएको खण्डमा यात्रा कठिन बन्नेछ ।

यसअघिका खेलमा वर्षाका कारण खेल रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । हङकङले भने आफ्ना दुवै खेलमा अंक बाँडेर २ अंक जोडेको छ ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १० : २७ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि