चन्दा उठाएर बन्न नसकेको आर्यघाट अब प्रदेश सरकार बनाउने « Khabarhub

चन्दा उठाएर बन्न नसकेको आर्यघाट अब प्रदेश सरकार बनाउने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको भेरी नदी छेउमा स्मार्ट आर्यघाट बनाउने योजना बजेट अभावले अलपत्र परेको छ । ९ असोज २०७५ मा वीरेन्द्रनगरमा ‘मेरा लागि स्मार्ट मोक्षघाट’ भन्दै धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवको मुख्य उद्देश्य नै वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा नेपालकै व्यवस्थित विद्युतीय स्मार्ट शवदाह गृह बनाउने लक्ष्य राखिएको थियो ।

 भेरी नदी किनारामा खुला रुपमा शव जलाउदा वन जंगलको विनाश तथा वातावरणीय प्रदूषण भएको भन्दै विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्ने अभियन्ताहरू लागेका थिए ।

कम्तिमा २० देखि २५ करोड रुपैयाँको लागतमा विद्युतीय शवदाह यन्त्रसहितको किरियापूर्ति कक्ष, श्राद्ध तथा पिण्ड तर्पण स्थल, शुद्ध शाकाहारी भोजनलयलगायतका आवश्यक संरचना निर्माण गर्ने योजना अनुरूप नै महोत्सव आयोजना गरिएको थियो ।

आठ दिनसम्म सञ्चालन गरिएको ‘भेरीगंगा समझीघाट सांस्कृतिक धार्मिक महा–महोत्सव’ मा हाताहाती २४ लाख नगद संकलन भयो । संकलिन रकममध्ये महोत्सव सञ्चालनार्थ २० लाख खर्च भयो । बचत भएको चार लाख रकम अहिले पनि अक्षय कोषमा मौज्दात रहेको मोक्षघाट धाम व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष कर्णबहादुर सिंजालीले बताए ।

 ‘महोत्सव अवधिभर बागदान अर्थात् पछि दिन्छौँ भन्ने बोली लगाउनेहरुबाट उठ्नुपर्ने रकम ४५ लाख छ,’ उनले भने, ‘अरु रकम नउठेपछि अहिले यो काम अलपत्र परेको छ ।’

तत्कालीन जिल्ला समन्वय समितिका अध्यक्ष छविलाल सिग्देल संयोजक रहेको महोत्सव आयोजक मूल समितिले पछि दिन्छौं भन्नेबाट अहिलेसम्म रकम उठाउन सकिएको छैन ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनघनत्वले भेरीमा अन्तिम दाहसंस्कार गर्नेको सङ्ख्या बढ्दो छ । महोत्सव समितिले काम गर्ने छाँट नदेखाएपछि अन्तत: कर्णाली सरकारले शवदाह स्थल सुधार गर्न लागेको छ ।

अव्यवस्थित रुपमा शव जलाउन कठिन भएपछि प्रदेश सरकारले बजेट विनियोजन गरेर वीरेन्द्रनगर नगरपालिकाले निर्माण थालेको छ । एक करोड एक लाखमा ठेक्का व्यवस्थापन गरेर शवदाह गृह निर्माण भइरहेको मोक्षघाट धाम व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष सिंजालीले बताए ।

‘जेठ मसान्तसम्म सक्नेगरी अहिले काम भइरहेको छ,’ उनले भने, ‘सुख्खा समयमा शव जलाउन सहज भएपनि मुख्यगरी वर्षातमा सास्ती हुने गरेको थियो । निर्माणपछि केही सहज हुन्छ ।’

भेरी नदीको पुलदेखि पश्चिम दक्षिण क्षेत्रमा निर्माण गर्न लागिएको शवदाह गृहस्थलमा ६ वटा शवदाह निर्माण गरिनेछ । यीमध्य तीन ओटा खुला शवदाहस्थल बनाइनेछ । वर्षातमा नदीले क्षती नपुर्‍याउने गरी बलियो संरचना निर्माण गरिने सिंजालीले बताए । 

बाँकी तीन वटा पानी परेको बेला पनि जलाउन मिल्नेगरी ट्रससहितको शवदाहस्थल बनाइनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ५८ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो