कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ « Khabarhub

कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले वर्तमान सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै गिरीले सबैतिर अन्योल र अलमल रहेको अवस्थामा सरकारको ध्यान गभर्नर नियुक्तिमै रहेको टिप्पणी गरेका हुन् ।

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकबाट बिदा भएको दुई महिना हुन लागिसक्दा पनि सरकारले नयाँ नियुक्ति गर्न नसकेको सन्दर्भमा गिरीले यस्तो बताएका हुन् ।

२०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी गत चैत २२ गतदेखि औपचारिक रूपमा बिदा भइसकेका छन् । उनी बिदा हुनुअघि गभर्नर नियुक्त गर्नुपर्नेमा कांग्रेस र एमाले मिलेर बनेको सरकार अलमलमा परेपछि सत्तारुढबाटै विरोध भइरहेको छ ।

‘भर्खरै नीति तथा कार्यक्रम बहुमतबाट पास भएको छ । सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त छ । कुलिङ पिरियड २ वर्ष कि ३ वर्ष भन्नेमा अन्यौल छ’, उनले भने, ‘प्रदेश सरकार अधिकार पाएनौँ भनेर क्रन्दन पोखिरहेको छ । शिक्षकहरू भर्खरै सन्तोष या असन्तोष भएर हो, चित्त बुझाएर हो कि चित्त नबुझाएर हो ? फर्किएका छन् ।’

गिरीले अलमल नै अलमलका बेला सरकारको नीति तथा कार्यक्रम बहुमतले पास भइसकेकाले अब नअल्मलिएर दृढता साथ अघि बढ्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ५५ बजे

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ : सभापति थापा

बरहथवा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता

काठमाडौं- मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि

इराकी कुर्दिस्तानको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणको प्रयास निस्तेज

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं– हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न

मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण