बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन « Khabarhub

बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको अगुवाईमा कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्सबीच वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

२४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको लागत करिब ५ अर्ब ३५ करोड रुपैयाँ रहने जानकारी गराइएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ ।

एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

त्यसैगरी सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्कीकै अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजनाले २०८१ सालको कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको जानकारी गराइएको छ ।

उक्त आयोजना एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १ : १२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र