बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन | Khabarhub Khabarhub

बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको अगुवाईमा कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्सबीच वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

२४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको लागत करिब ५ अर्ब ३५ करोड रुपैयाँ रहने जानकारी गराइएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ ।

एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

त्यसैगरी सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्कीकै अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजनाले २०८१ सालको कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको जानकारी गराइएको छ ।

उक्त आयोजना एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १ : १२ बजे

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार