विवाहको ६ महिनामै महिलाको मृत्यु, माइतीले लगाए हत्याको आरोप  | Khabarhub Khabarhub

विवाहको ६ महिनामै महिलाको मृत्यु, माइतीले लगाए हत्याको आरोप 


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाहीको माग गरेका छन ।

कटहरिया ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया ५ बस्ने अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो। आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ।

घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।

मृतककी आमाका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमानसँग मुस्लिम परम्परा अनुसार भएको थियो।
विवाहपछि ज्वाइँले निरन्तर दाइजोको लागी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए ।

ज्वाइँ तथा उनको परिवारले योजनाबद्ध तरिकाले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन्।

घटनामा संलग्न अरमानसहित सबैलाई पक्राउ गरी कडा कारवाहीको माग सानियाको माइती पक्षले गरेको छ। माइती पक्षले छोरीको  हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना विरुद्दको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद भएको संकेत दिएका छन्।

उनले घटनाको अनुसन्धानपछि मात्र यकिनका साथ भन्नसक्ने र कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १ : ४७ बजे

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत