विवाहको ६ महिनामै महिलाको मृत्यु, माइतीले लगाए हत्याको आरोप  « Khabarhub

विवाहको ६ महिनामै महिलाको मृत्यु, माइतीले लगाए हत्याको आरोप 


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाहीको माग गरेका छन ।

कटहरिया ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया ५ बस्ने अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो। आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ।

घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।

मृतककी आमाका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमानसँग मुस्लिम परम्परा अनुसार भएको थियो।
विवाहपछि ज्वाइँले निरन्तर दाइजोको लागी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए ।

ज्वाइँ तथा उनको परिवारले योजनाबद्ध तरिकाले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन्।

घटनामा संलग्न अरमानसहित सबैलाई पक्राउ गरी कडा कारवाहीको माग सानियाको माइती पक्षले गरेको छ। माइती पक्षले छोरीको  हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना विरुद्दको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद भएको संकेत दिएका छन्।

उनले घटनाको अनुसन्धानपछि मात्र यकिनका साथ भन्नसक्ने र कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १ : ४७ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त