हुलाक बचत बैंकको रकम अनियमितता अभियोगमा छ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

हुलाक बचत बैंकको रकम अनियमितता अभियोगमा छ जनाविरुद्ध मुद्दा दायर


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साहसहित छ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरूले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ ।

उनीहरूले बैंकमा जनताको निक्षेप संकलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिस्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुसी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले रु पाँच करोड ३५ लाख ६४ हजार २७९ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग छ ।

उनीहरुविरुद्ध कैद, जरिवाना र बिगोसमेत असुल उपरको गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : ०४ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो