शोभित बस्नेतले सके ‘पीआर’को सुटिङ, दर्शकले मन पराउनेमा ढुक्क « Khabarhub

शोभित बस्नेतले सके ‘पीआर’को सुटिङ, दर्शकले मन पराउनेमा ढुक्क


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक शोभित बस्नेतले फिल्म ‘पीआर’को छायाङ्कन सकेका छन् । २८ दिनको तालिकामा उनले छायाङ्कन पूरा गरेका हुन् ।

निर्माण पक्षका अनुसार यो फिल्मको छायाङ्कन दुई चरणमा गरिएको थियो । पहिलो चरणको छायाङ्कन अस्ट्रेलियामा भएको हो । गत माघ अन्तिममा यस फिल्मको छायाङ्कन सुरु भएको थियो ।

निर्देशक बस्नेतका अनुसार अस्ट्रेलियामा यस फिल्मको ६० प्रतिशत अंश छायाङ्न गरिएको छ । उनले उता १८ दिन छायाङ्कन गरेका थिए ।

दोस्रो चरणको छायाङ्कन अघिल्लो साता पोखराबाट सुरु भएको थियो ।

निर्देशक बस्नेतका अनुसार कथाको मागअनुसार यो फिल्मको छायाङ्कन नेपाल र विदेशमा गरिएको हो ।

छायाङ्कन सकिएपछि निर्देशक शोभितले फिल्म दर्शकले मन पराउनेमा ढुक्क रहेको दाबी गर्छन् । भन्छन्, ‘कलाकारहरुले राम्रो काम गर्नुभएको छ । फिल्म राम्रो बनेको छ । दर्शकले मन पराउनेमा ढुक्क छु ।’

उनका अनुसार यो फिल्म विदेशमा रहेका नेपालीहरुले पीआरको लागि गरेको संघर्ष र अभिभावकहरुले सन्तानप्रति राख्ने आशाको कथामा  आधारित छ ।

यस फिल्ममा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरीलगायतका कलाकारहरुको अभिनय रहेको छ।

यस फिल्ममा कथा शोभितकै हो भने पटकथा र संवाद रहेको गणेश बुढाथोकीको छ। सलोन सलिना फिल्मसको ब्यानरमा बनेको यो फिल्मका निर्माताहरु प्रदीप दाहाल, लक्ष्मण सापकोटा र रञ्जित शाह हुन् ।

निर्माण पक्षले यस फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म टुंगो लगाएको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ३८ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्