दृढताको साथ अघि बढ्न सरकारलाई सांसद गिरीको सुझाव « Khabarhub

दृढताको साथ अघि बढ्न सरकारलाई सांसद गिरीको सुझाव


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद दीपक गिरीले कहीँपनि नअल्मलिएर दृढताका साथ अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद गिरिले अहिले विभिन्न विषयमा अलमल जस्तो देखिएको भन्दै नीति तथा कार्यक्रम प्रबल बहुमतले पास भएको बेला नअल्मलिएर दृढताको साथ अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् । 

उनले सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको टिप्पणी गरे । उनले निजामती विधेयकका सन्दर्भमा कुलिङ प्रियड २ वर्ष कि ३ वर्ष भन्ने कुरामा अन्यौल रहेको र प्रदेश सरकारले अधिकारको माग गरिरहेको, सरकारसँग सहमति गरेका शिक्षकहरू समेत अलमलमा रहेको धारणा राखे ।

सांसद गिरीले दाङको टरिगाँउ एयरपोर्ट निर्माणमा ध्यान दिन सरकारसँग आग्रह पनि गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : २० बजे

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल