‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’ « Khabarhub

‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनस्थित बहुचर्चित गौतम बुद्ध क्रिकेट स्टेडियम सरकारले बनाउने बताएका छन् ।

बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

करोडौं रुपैयाँ लाग्ने उक्त स्टेडियम निर्माणको प्रस्तावसहित आफूकहाँ आएका धुर्मुस-सुन्तलीलाई चन्दा उठाएर बनाउन नसकिने सुझाव दिएको पनि उनले बताए ।

‘चितवनमा गौतम बुद्ध क्रिकेट स्टेडियम बनाउँछौँ भन्दै धुर्मुस-सुन्तली उसबेला मकहाँ आएका थिए’, उनले भने, ‘तर मैले दु:ख पाइन्छ, त्यो क्रिकेट स्टेडियममा हात नहाल्नु भनेको थिएँ ।’

आफूलाई भेट्दाको समयमा उनीहरूले उक्त स्टेडियम चन्दा उठाएरै बनाउने बताएको पनि ओलीले सुनाए । ‘तर पनि बनाउँछौँ भनेर हात हाले, अहिले उनीहरूले धेरै दु:ख पाए’, उनले भने, ‘तर पनि गौतम बुद्ध क्रिकेट स्टेडियम बन्छ । हामी बनाउँछौँ, उक्त स्टेडियम सरकारले बनाउँछ ।’

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : २७ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका