नदी सफा राख्न काठमाडौंमा पानी प्रशोधन प्रणाली जडान  | Khabarhub Khabarhub

नदी सफा राख्न काठमाडौंमा पानी प्रशोधन प्रणाली जडान 


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट निस्किने फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ रहेको छ । 

‘यो नमूना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्नेछौँ ।’ वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भनिन्, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’

३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन् ।

‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधिबाट प्रशोधन सुरु हुन्छ’ वरिष्ठ इन्जिनियर निशा कोइरालाले भनिन्, ‘तेस्रो चरणमा एरोविकबाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’

विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ ।

यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने छ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको महानगरको भनाई छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : २७ बजे

इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान

काठमाडौं– इजरायली आक्रमणपछि इरानले आणविक वार्ताको औचित्य सकिएको बताएको छ

गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ

 काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी

ऊर्जा उद्यमी र राज्यबीच खटपट : कमीसन मागेको आरोपदेखि ‘टेक एण्ड पे’ सम्म !

काठमाडौँ – गएको मङ्सिरयता अर्थ मन्त्रालय, पुँजीबजार नियामक नेपाल धितोपत्र

असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी

 काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म

इजरायलविरुद्ध तत्काल कदम चाल्न संयुक्त राष्ट्रसंघलाई इरानको आह्वान

एजेन्सी– इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो