प्रधानमन्त्री भलिबल कपमा शिवम् सिमेन्टले सहकार्य गर्ने « Khabarhub

प्रधानमन्त्री भलिबल कपमा शिवम् सिमेन्टले सहकार्य गर्ने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ ।

जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको ९औं प्रधानमन्त्री कप एनभीए महिला-पुरुष भलिबल लिग–२०८२ मा शिवम् सिमेन्टले ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको हो ।

राष्ट्रिय खेलको प्रवर्द्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो । हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव श्री रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भी.पी श्री निखिल अग्रवाल बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

शिवम् सिमेन्ट लिमिटेडले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसको प्रबर्द्धन गर्न विभिन्न गेमहरूमा सहकार्य गर्दै आइरहेको छ । 

प्रतियोगितामा कुल १४ टिमहरू सहभागि हुनेछन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुने छ ।

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको छ । भलिबल, क्रिकेट, फुटबल, म्याराथनजस्ता लोकप्रिय खेलकुद कार्यक्रमहरूमा विगतका वर्षदेखि निरन्तर सहभागिता जनाउँदै आएको र शिवम् सिमेन्टले आगामी दिनहरूमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ४५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले