भौतिक मन्त्रीले कोरियाली लगानीकर्तालाई भने, ‘नेपालमा रेल बनाउनुस्’ « Khabarhub

भौतिक मन्त्रीले कोरियाली लगानीकर्तालाई भने, ‘नेपालमा रेल बनाउनुस्’


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेका छन्‌ ।

आज दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उनले रेल सेवा नेपाल सरकारको पनि प्राथमिकताको विषय भएका भन्दै लगानीका लागि आग्रह गरेका हुन् ।

मन्त्री दाहालले यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूलाई लक्षित गरी रेल सेवाको विस्तारको अध्ययन, अनुसन्धानका लागिसमेत आग्रह गरे । लामो तथा छोटो दूरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाइरहेको उल्लेख गर्दै उनले लगानीका ‘मोडल’ बारे छलफल गर्न सकिने उल्लेख बताए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेलमार्ग विस्तार उपयोगी हुने बताए ।

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरू मिलेर विभिन्न मोडलमा अध्ययन गरिने बताए । त्यसका लागि केहि दिनभित्रै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उनले जानकारी दिए ।

छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेलमार्ग विकासका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताए ।

कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १२६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेलमार्ग विकास र विस्तारका लागि कार्य गर्दै आएको बताए ।

नेपालमा अध्ययन तथा लगानीका लागि नेपाली पक्ष र कोरेलबीच विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ३८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या