गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील « Khabarhub

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील रहेको दाबी गरेका छन्‌ ।

काङ्ग्रेस मोरङले आज साँझ विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेला एवम्‌ अन्तरक्रियामा उनले सबै नेपालीको आस्था र भरोसाको पार्टीले आफूहरूमाथि मुलुकलाई समृद्धितर्फ डोहोर्‍याउने जिम्मेवारी रहेको बताए ।

नेता लेखकले काङ्ग्रेसको नेतृत्वमा निर्माण गरिएको वर्तमान समावेशी संविधानकै कारण देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुन सफल भएको दाबी पनि गरे । राजनीतिमा वादविवाद, आलोचना, समालोचना, प्रतिवाद हुन्छ भन्दै उनले वर्तमान संविधानअनुसार एउटै पार्टीको सरकार निर्माण हुन नसक्नाले गठबन्धन सरकार निर्माण गर्नुबाहेक अन्य विकल्प नरहेको धारणा राखे ।

‘मुलुकमा राजनीतिक स्थिरता दिन वर्तमान संयुक्त सरकार निर्माण गरिएको हो । नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनका आधारमा १० महिनाको अवधिमा सरकारले वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि, मूल्यवृद्धिमा नियन्त्रण, राजस्व सङ्कलनमा सुधार, आयात घटाएर निर्यात वृद्धि गरेको छ । हामी इमान्दारिताका साथ देश विकासमा लागिरहेका छौँ’, मन्त्री लेखकले भने ।

उनले प्रतिनिधिसभामा दुईदेखि पाँच वर्षसम्म थातिरहेका पुराना विधेयक पारित हुने अवस्थामा पुगेको जानकारी दिँदै शिक्षा विधेयक आगामी असार १५ गते प्रतिनिधिसभाबाट पारित हुने बताए । यस्तै संविधान संशोधन गर्न कार्यदल गठन प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्री लेखकले बढीभन्दा बढी दलको सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गरे ।

काङ्ग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्ति माझी, सचिव मोदराज घिमिरेले जनताका समस्या समाधानतर्फ सरकार क्रियाशील हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, कार्यकर्ताले कृषि औजार कारखाना सञ्चालनमा अनुदान, महिला हिंसा नियन्त्रण, ग्रामीण क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना, सुकुम्वासी समस्या समाधान गर्नुपर्नेलगायत विषयमा सुझाव दिएका थिए । रासस

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : २९ बजे

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ : सभापति थापा

बरहथवा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता

काठमाडौं- मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि

इराकी कुर्दिस्तानको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणको प्रयास निस्तेज

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं– हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न

मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण