भारतमा विमान दुर्घटना : अस्पतालमा आफन्तको भीड | Khabarhub Khabarhub

भारतमा विमान दुर्घटना : अस्पतालमा आफन्तको भीड


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद – भारतमा भएको एयर इन्डिया विमान दुर्घटनामा जीवित उद्धार गरिएका एक व्यक्तिको उपचार भइरहेको छ।

जीवित व्यक्ति बेलायती नागरिक विश्वास कुमार राव भएको जनाइएको छ। बिहीबार रात भरी नै अहमदाबादको सिभिल अस्पतालमा यात्रुका आफन्तहरू भेला भएका थिए। उनीहरू डिएनए मार्फत शवको पहिचान गर्ने समयमा कुरेर बसेका थिए।

घाइते भएका चिकित्सा शास्त्रका ५० विद्यार्थीलाई बिहीबार नै उपचारका लागि अस्पताल लगिएको थियो। विमान दुर्घटनाको कुनै कारण खुलेको छैन। डबल इन्जिन फेल, चरासँग ठोक्किएको या अन्य कुनै कारणका बारे छानबिन हुँदै छ। भारतको नागरिक उड्डयन मन्त्रालयले रेस्क्यु अपरेसन सकिएको बताएको छ। अपरेसनको क्रममा बाटो सफा गर्ने काममा प्रहरीसँगै स्थानीय पनि सक्रिय भएका थिए।

लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।

भारतीय समाचार संस्था एएनआईका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन्। त्यसअघि प्रहरीले विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको हुनसक्ने बताएको थियो। दुर्घटनासँगै भारत शोकमा डुबेको छ।

घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ। हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ। विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो।’

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए। एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखेका थिए।

भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, ‘‘जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए।’’

विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ।

एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ। विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यो पनि-

अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु

अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

भारतमा दुर्घटनाग्रस्त बोइङ ७८७-८ ड्रिमलाइनरको सुरक्षामा यसअघि नै उठेका थिए प्रश्न

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ०७ बजे

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

पहिरो हटाएपछि जुम्ला–नाग्म सडक खुल्यो

जुम्ला – अवरुद्ध जुम्ला–नाग्म सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत – भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

खोटाङ – करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित