अस्ट्रेलियाको बलिङ सामु धरमरायो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट « Khabarhub

अस्ट्रेलियाको बलिङ सामु धरमरायो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

लण्डन – अहिलेसम्म कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिकाका लागि टेस्ट विश्व च्याम्पियनसिपमा पनि धक्का लागेको छ।

लण्डनमा जारी टेस्ट विश्व च्याम्पियन सिपको उपाधि भिडन्तमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले पहिलो पारीमा १३८ रनमा सीमित गरेको छ।

बिहीबार दोस्रो दिनको खेल सकिँदा दोस्रो पारी सुरु गरिसकेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १४४ रन जोडेको छ। पहिलो पारीमा २१२ रन जोडेको अस्ट्रेलियाले २१८ रनको अग्रता लिएको छ। दुई विकेट बाँकी छ।

तेस्रो दिन मिचेल स्टार्कले १६ तथा नाथन लियोनले १ रनबाट खेल्न सुरु गर्ने छन्। दक्षिण अफ्रिकाका कासिगो रबाडा र लुंगी एनगीडीले समान ३ विकेट लिए। अस्ट्रेलियाका एलेक्स क्यारीले सर्वाधिक ४३ रन जोडे। साथै मार्नस लाबुसाङ्गेले २२ रन जोडे।

यसअघि दक्षिण अफ्रिकाको पारी ध्वस्त गर्ने क्रममा कप्तान प्याट कुमिन्सले ६ विकेट लिए। १८ दशमलव १ ओभर बलिङ गरेका उनले २८ रन मात्र खर्चिए। दक्षिण अफ्रिकाका डेभिड बेडिङगमले ४५ रन जोडे। कप्तान तेम्भा बभुमाले ३६ रनको योगदान गरे।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ४६ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४