स्कटल्यान्ड विरुद्धको हाइ स्कोरिङ खेलमा नेदरल्यान्ड्सको सनसनीपूर्ण जित « Khabarhub

स्कटल्यान्ड विरुद्धको हाइ स्कोरिङ खेलमा नेदरल्यान्ड्सको सनसनीपूर्ण जित


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

स्कटल्यान्ड – आईसीसी वर्ल्ड कप लिग-२ को बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई चार विकेटले हराएको छ। बिहीबारको खेलमा ३७० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ विकेट गुमाएर ४ बल बाँकी रहँदा ३७४ रन बनाएको हो। एक दिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले ठुलो स्कोर सफलता पूर्वक पूरा गरेको हो।

विजयी टोलीका लागि म्याक्स ओ डोडले अविजित रहँदै १३० बलमा १५८ रन जोडे। उनको पारीमा १३ चौका र ४ छक्का समावेश थियो। नोहा क्रोएसले २९ बलमा ५० रन जोडे। तेजा पनदम्बरुले ४२ बलमा ५१ रनको योगदान गरे। माइकल लेविटले ४४ रनको पारी खेले।

यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ६ विकेटको क्षतिमा ३६९ रन जोडेको थियो। स्कटल्यान्डका ग्रेग मुन्सेले १५० बलमा १९१ रन बनाए। कप्तान म्याथ्यु क्रोसले ४९ बलमा ५९ तथा माइकल लेजाकले १४ बलमा २८ रन जोडे।

मुन्से एसोसिएट ब्याटरमा एउटै पारीमा सबै भन्दा धेरै रन प्रहार गर्ने कीर्तिमान कायम गर्न सफल भएका छन्। यस अघि सन् २०१० मा आयरल्यान्डका पाउल स्टर्लिङले क्यानडाको विरुद्धमा १७७ रन प्रहार गरेका थिए।

जितपछि नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा रहेको अमेरिकाको २० खेलमा २८ अङ्क छ भने दोस्रो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा समान २८ अङ्क छ। रनरेटका आधारमा नेदरल्यान्ड्स दोस्रो स्थानमा सीमित भएको हो। तेस्रो स्थानको स्कटल्यान्डको २० खेलमा २४ अङ्क छ। चौथो स्थानको ओमानले २० खेलमा समान २४ अंक जोडेको छ।

समान २० खेलमा क्यानडाको २० अंक छ भने नामिबियाले १४ अंक बनाएको छ। सातौ स्थानको नेपालले १६ खेल खेल्दा १२ अंक जोडेको छ। अन्तिम स्थानमा रहेको यूएईले १६ खेलमा मात्र ६ अंक जोडेको छ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ४९ बजे

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

विवरण अद्यावधिक नगरे फार्मासिस्टले सिफारिस पत्र नपाउने

काठमाडौं– नेपाल फार्मेसी परिषद् (एनपीसी) ले दर्तावाला फार्मासिस्ट तथा फार्मेसी

बालेन दार्चुला पुग्दा स्थानीयको उत्साह (तस्बिरहरू)

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन्

सेवा प्रदायक संस्थाको पुरानो खर्च मापदण्ड खारेज गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय 

काठमाडौं– नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत