इजरायली आक्रमणमा जोगिए इरानका सर्वोच्च नेता खामेनेई, परिस्थितिबारे जानकारी लिँदै « Khabarhub

इजरायली आक्रमणमा जोगिए इरानका सर्वोच्च नेता खामेनेई, परिस्थितिबारे जानकारी लिँदै


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनेई इजरायलको आक्रमणमा जोगिएका छन्। उनी सुरक्षित र जीवित रहेको समाचार रोयटर्सले प्रकाशित गरेको छ।

उनलाई सुरक्षा एजेन्सीले इजरायली आक्रमणपछिको स्थितिबारे जानकारी गराएका छन्। एक सुरक्षा स्रोतले रोयटर्सलाई बताएअनुसार खामेनाईले अवस्थाबारे जानकारी लिइरहेका छन्।

तेहरान वरपर इजरायलले कम्तीमा ६ वटा सैन्य अड्डामा आक्रमण गरेको समाचार छ।

न्यूयोर्क टाइम्सको समाचारअनुसार इजरायली सेनाले तेहरान वरपर रहेका कम्तीमा ६ वटा सैन्य अड्डामा आक्रमण गरेको हो।

पारचिन सैन्य कम्प्लेक्स मुख्य लक्ष्य थियो। दुई उच्चसुरक्षित परिसरमा रहेका सैनिक कमान्डरहरूको आवास र धेरैवटा आवासीय भवनहरूमा आक्रमण भएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान ११ बजे (स्थानीय समयअनुसार) वाशिङ्टन, डीसीमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। बैठकमा इजरायलद्वारा इरानमा गरिएको आक्रमणबारे छलफल गरिनेछ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : ५७ बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक