इजरायली आक्रमणपछि इरानी राजगद्दीका उत्तराधिकारी : इस्लामिक गणतन्त्र फालौँ « Khabarhub

इजरायली आक्रमणपछि इरानी राजगद्दीका उत्तराधिकारी : इस्लामिक गणतन्त्र फालौँ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानी राजगद्दीका उत्तराधिकारी रेजा पह्लावीले जनतालाई इस्लामिक गणतन्त्रलाई उखेलेर फाल्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल एक्समा फारसी भाषामा पोस्ट गर्दै पूर्वराजा मोहम्मद रेजा पह्लावीका छोरा एवम् पह्लावी वंशका उत्तराधिकारी रेजा पह्लावीले यस्तो आह्वान गरेका हुन् ।

शुक्रबार एक्समा पोस्ट गर्दै उनले इजरायल र अमेरिकाविरुद्ध हुनसक्ने युद्ध इरान वा इरानी जनताको युद्ध नभइ ‘खामेनी र इस्लामिक गणतन्त्रको युद्ध’ हुने बताएका छन् । उनले इरानका सुरक्षाबललाई इस्लामिक गणतन्त्रको नभइ जनताको साथ दिन समेत आह्वान गरेका छन् ।

उनले इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले इरानी जनतामाथि जबरजस्ती युद्धको भारी बोकाउन खाजेको पनि आरोप लगाए । आयातोल्लाह खामेनीले भारी बोकाउन खोजेको युद्ध इरानी जनताको चाहनाविपरीत रहेको उल्लेख गरेका छन् ।

‘इरानीविरुद्धको इस्लामिक गणतन्त्र सत्ताका बेपरवाह नेता अली खामेनेईले फेरि एक पटक हाम्रो देशलाई युद्धमा होमेका छन्’, पह्लावीले लेखेका छन्, ‘यो इरानको युद्ध होइन, इरानी जनताको युद्ध पनि होइन । यो खामेनेईको युद्ध हो र इस्लामिक गणतन्त्रको युद्ध हो ।’

इजरायलले इरानका पूर्वाधार र सैन्य संरचना एवम् अधिकारीलाई लक्षित गरी आक्रमण गरेसँगै मध्यपूर्वमा सैन्य तनाव बढिरहेका बेला पह्लावीको यस्तो भनाइ आएको हो । पह्लावीले इरानी सुरक्षा बललाई जनताको पक्षमा उभिन समेत अपिल गरेका छन् ।

‘यो सत्ता र यसका भ्रष्ट, अयोग्य नेताहरुले तपाईँको जीवन वा हाम्रो इरानको भविष्यलाई मतलब गर्दैनन् ।’ उनले भनेका छन् । पछिल्लो घटनाक्रमलाई उनले ‘इरानी राष्ट्र र विध्वंशकारी इस्लामिक गणतन्त्रबीचको लडाइँ’ को संज्ञा दिएका छन् । उनले जनतालाई आन्दोलन र हड्तालमा उत्रिन समेत आह्वान गरेका छन् ।

‘यस्तो कठिन घडिमा म तपाईँहरुसँगै उभिएको छु ।’ उनले लेखेका छन्, ‘यो युद्धमा हमी एकैठाउँमा छौँ र हामी विजयी हुनेछौँ ।’

सन् १९७९ मा इरानमा आयातोल्लाह रोहल्ला खोमेनीको नेतृत्वमा भएको इस्लामिक क्रान्तिपछि उनी अमेरिकामा निर्वासित जीवन बिताइरहेका छन् । इस्लामिक क्रान्तिपछि इरानमा राजतन्त्रको अन्त्य भइ इस्लामिक गणतन्त्रको स्थापना भएको थियो ।

रेजा पह्लावी उक्त क्रान्तिले अपदस्थ गरेका राजा मोहम्मद रेजा पह्लावीका जेठा छोरा हुन् । उनी इरानी गद्दीका उत्तराधिकारी पनि हुन् ।

आफू इरानी गद्दीको उत्तराधिकारी भएपनि उनी इरानमा राजतन्त्र पुनस्र्थापनाको पक्षमा नरहेको बताइन्छ । उनले इरानमा स्वतन्त्र एवम् लोकतान्त्रिक भविष्यको वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : २३ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित