पल ‘महाराजधिराज’ बाट निक्लिए कि निकालिए ? « Khabarhub

पल ‘महाराजधिराज’ बाट निक्लिए कि निकालिए ?


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह फिल्म ‘महाराजधिराज’ बाट बाहिरिएका छन् । निर्माण पक्ष र पल दुवैले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।

निर्माण पक्षका अनुसार पलले गत कात्तिकमा यस फिल्मका लागि कागजी सम्झौता गरेका थिए । गत माघमा पलको जन्म दिन पारेर फिल्मको एक पोस्टर पनि सार्वजनिक भएको थियो ।

निर्माण पक्षले सार्वजनिक गरेको पहिलो कलाकार पल नै हुन् । तर, निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले बिहीबार पल शाहसँग आठ महिनापछि सम्झौता तोडिएको जानकारी दियो ।

निर्माण कम्पनीले दुवै पक्षको सहमतिमा सम्झौता तोडिएको जानकारी दिएको छ । तेस्रो पक्षबाट आउने कुनै पनि प्रश्नको दुवै पक्षले उत्तर नदिने सर्तमा सम्झौता तोडिएको उसको दाबी छ ।

तर, पलले फिल्मबाट बाहिरिएको कारण सामाजिक सञ्जालबाट दर्शकलाई जानकारी दिएका छन् । उनले अर्को फिल्म ‘यानीमाया’को छायाङ्कनका लागि ‘महाराजधिराज’बाट बाहिरिएको बताएका छन् ।

‘महाराजधिराज’ टोली असार पहिलो सातादेखि दुई महिने तालिका लिएर छायाङ्कनमा निस्कँदैछ । ‘यानीमाया’को छायाङ्कन मिति निर्माण पक्षले खुलाएको छैन ।

‘यानीमाया’को निर्माता पल आफैँ हुन् । यही नयाँ वर्षको अवसर पारेर यस फिल्म निर्माणको घोषणा गरिएको थियो । पल शाह ब्यानरमा बन्न लागेको यो फिल्मको निर्देशक र लेखक विकास सुवेदी हुन् । जसले फिल्महरू ‘प्रकाश’, ‘पुजार सार्की’ र प्रदर्शनरत ‘महाभोज’ लेखेका थिए ।

अब यहाँ प्रश्न उठ्छ – पल शाहले ‘महाराजधिराज’को निकालिएको विषयको बचाउ गर्न त ‘यानीमाया’ बीचमा ल्याएका होइनन् ?

यो प्रश्नको जवाफ पाउन धेरै समय कुर्नुपर्ने अवस्था छैन । ‘महाराजधिराज’को छायाङ्कन अवधिमा ‘यानीमाया’ फ्लोरमा निस्किएन भने पलले बचाउनको लागि आफ्नो फिल्म बीचमा ल्याएको प्रष्ट हुन्छ ।

पल यसअघि फिल्म ‘कल्ली’ बाट निकालिएका थिए । सोही कारण पनि ‘महाराजधिराज’बाट उनलाई निकालिएको चर्चा चल्नु स्वाभाविक नै हो ।

एक गायिकासँग यौन काण्डमा फसेपछि पलको करिअर धर्मराएको छ । गत वर्ष उनी शीर्ष नायक रहेको फिल्म ‘रावायण’ प्रदर्शनमा आयो । यस क्रममा ‘रावायण’की नायिका पूजा शर्मा र पल यौन काण्डमा पसेको गायिकाको विवाद भएको थियो ।

यही विवादले फिल्म बहिस्कारमा पर्‍यो । फिल्मको व्यापार कमजोर बन्यो । यही विवादका कारण पललाई फिल्म ‘कल्ली’बाट निकालिएको चर्चा छ ।

अहिले फेरि ‘महाराजधिराज’ बाट निकालिएको चर्चाले पनि स्थान पाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : ५८ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा