विमान दुर्घटनाको शोकमा बलिउड कलाकारले रोके काम « Khabarhub

विमान दुर्घटनाको शोकमा बलिउड कलाकारले रोके काम


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनामा बलिउड कलाकारहरुले दुख व्यक्त गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएको शोकमा केही कलाकारहरुले आफ्नो काम समेत रोकेका छन् ।

नायक सलमान खान उपस्थित हुने भनिएको ‘इन्डिउन सुपरक्रस रेसिङ लिग’को पत्रकार सम्मेलन रोकिएको छ । आयोजकले बिहीबार तय गरेको पत्रकार सम्मलेन सलमानको कारण रोक्नु परेको एक वक्तव्य सार्वजनिक गरेको छ ।

उक्त वक्तव्यमा अगाडि लेखिएको छ, ‘दुर्घटनाको खबर हामी सबैलाई प्राप्त भएको छ। इन्डियन सुपरक्रस रेसिङ लिग र सलमान खान यो कठिन समयमा देशको साथमा उभिएका छौं ।’

नायिक प्रियंका चोपडाले पनि दुर्घटनाप्रति दुख व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘एयर इन्डिया दुर्घटनाबाट प्रभावित सबै मानिसहरूका लागि म प्रार्थना गरिरहेको छु । साथै, जस परिवारहरूले यस दुःखद घटनामा ठूलो क्षति भोग्नुपरेको छ, उहाँलाई पनि धैर्य गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछु।’

यो पनि : एयर इन्डियाको विमान दुर्घटनापछि शोकमा डुब्यो भारत, एक यात्रु जीवितै भेटिए

नायक अक्षय कुमारले आफ्नो फिल्म ‘कन्नप्पा’को ट्रेलर रिलिज कार्यक्रम रोकेका छन् । शुक्रबार हुने भनिएको यो कार्यक्रमा उनले रोकेका हुन् ।

त्यस्तै, नायक शाहरुख खानले ‘दुर्घटनाको खबरले दुखित बनाएको’ सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

नायक सनी देवलले दुर्घटनामा बाचेको व्यक्तिको उपचारको चिन्ता गरेका छन् । लेखेका छन्, ‘बाँचेका व्यक्तिको स्वास्थ लाभको कामना गर्छु । उनले आवश्यक उपचार पाउन् ।’ उनले मृतकको आत्माप्रति चीर शान्तिको पनि कामना गरेका छन् ।

आमिर खानले आफ्नो प्रोडक्सन हाउसको तर्फबाट इन्स्टाग्राममार्फत शोक प्रकट गरेका छन् ।

साथै, नायिका करिना कपुर, सोनु सुद, रितेश देशमुख, परिणीति चोपडा, आलिया भट्ट, दिशा पटानीलगायत कलाकारले दुर्घटानले आफूहरुलाई दुखी बनाएको सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : २३ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२