राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट  कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले सरकारले गरेको कामको अनुभूतिको आधारमा संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनु परेको बताए  । 

सो विधेयकमाथिको छलफलमा सांसद गोपाल भट्टराई, भुवनबहादुर सुनार, कृष्णबहादुर रोकाय, विष्णुबहादुर विश्वकर्मा र सुरेशकुमार आले मगरले भाग लिएका थिए । 

राष्ट्रियसभाको अर्को बैठक अगामी असार ५ गते दिउँसो १ बजे र १५ मिनेटमा बस्ने भएको छ । 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ५१ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर