माओवादीका हितराजको माग- भिसा प्रकरणमा समिति बनाउनुपर्छ « Khabarhub

माओवादीका हितराजको माग- भिसा प्रकरणमा समिति बनाउनुपर्छ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको अध्ययनका लागि समिति बनाउन माग गरेको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुखले प्रदान गरेको समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्ययन समिति गठनको माग गरेका हुन् । 

‘अहिलेको विषय अध्यागमनसँग मात्रै सम्बन्धित होइन, भिजिट भिसामा देखिएका, देखिन सक्ने समग्र समस्याहरूको निराकरण हामीले गर्नुपर्ने छ । त्यसका लागि नीतिगत, कानुनी, संरचनागत लगायत कहाँ–कहाँ, कसरी–कसरी सुधार गर्न सकिन्छ तिनको गहिरो अध्ययन र छानबिन गरी बदमासी गर्नेलाई उचित कारबाही र अब आइन्दाको लागि सुझाव दिने गरी अध्ययनको लागि छानबिन समिति–अध्ययन समिति बनाउन हामी जोडदार माग गर्दैछौँ,’ उनले भने ।    

पाण्डे बोलिरहँदा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू उभिएर टेबल ठोकिरहेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : १५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर