इरान र इजरायलबीच जारी तनावबारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक « Khabarhub

इरान र इजरायलबीच जारी तनावबारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र इजरायलबीच जारी तनावबारे नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुकी विज्ञप्ति जारी गर्दै पछिल्लो समय इजरायल र इरानबीच विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले अवस्थालाई नजिकबाट हेरिरहेको पनि उल्लेख गरेको छ । दुबै पक्षलाई तनाव नबढाउन आग्रह गर्दै सरकारले त्यस क्षेत्र र अन्यत्र शान्ति तथा स्थीरताका लागि संयमता अपनाउन आग्रह गरेको छ । तनाव कम गर्न कूटनीतिक माध्यम र वार्ताको प्रयोग महत्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दोहा र तेल अभिभमा रहेका नियोग इरान र इजरायलमा रहेका नेपाली समुदायसँग सम्पर्कमा रहेको सरकारले जनाएको छ । सरकारले दुबै मुलुकमा रहेका नेपाली नागरिकलाई अवस्थाबारे सावधानी अपनाउन र आवश्यक चेतावनी र स्थानीय निर्देशिका पालना गर्न पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ४७ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर