रास्वपा सांसदहरूलाई होच्याउँदै लेखकले भने : सा-सानो कक्षमा पढ्दै गरेका नानीबाबु « Khabarhub

रास्वपा सांसदहरूलाई होच्याउँदै लेखकले भने : सा-सानो कक्षमा पढ्दै गरेका नानीबाबु


३० जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले आफ्नो राजीनामा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई होच्याउने गरी बोलेका छन् ।

शुक्रबार भिजिट भिसा प्रकरणमा जोडिएकोबारेमा संसद्मा जवाफ दिँदै उनले बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका रास्वपाका सांसदहरूलाई साना नानाीबाबु भनेका हुन् ।

उनले रास्वपाका सांसदहरू साना नानीबाबु हुँदा आफूले श्रममन्त्री बनेर वैदेशिक रोजगारीको क्षेत्रमा व्यापक सुधार गरेको जिकिर गरे ।

‘केही माननीय सदस्यहरू यसै सदनको सदस्य हुनुहुन्छ । केही मैले देखेका साथीहरू सा-सानो बस्ता (किताबका झोला) काँधमा बोकेर कुनै स्कुलको सा-सानो कक्षामा पढिराख्नु भको थियो, त्यो पनि सम्झना गर्नुस्’, उनले भने, ‘यो देशमा वैदेशिक रोजागर मैले सुधार गरेको हुँ । कयौँ देशसँग मैले श्रम सम्झौता गरेको थिएँ ।’

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ५ : ५२ बजे

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो