रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु « Khabarhub

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । 

ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । विद्युत् गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर)को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार परीक्षण सकिने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।   

‘नेपाल विद्युत् प्राधिकरण, परामर्शदाता, प्रवर्द्धक र ठेकेदारका प्राविधिकहरूको संयुक्त टोली परीक्षण कार्यमा खटिएको छ,’ उनले भने, ‘परीक्षण सफल भएपछि व्यावसायिक विद्युत् उत्पादन सुरू गर्छौँ ।’

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०/५० मिटर लामा दुई वटा पानी थिग्राउने पोखरी, रेलेखर्कमा विद्युत् गृह निर्माण र बाँध देखि विद्युत् गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ । 

रेलेखर्कको विद्युत् गृह, स्विचयार्ड र दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । सुरूङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । पाँच सय पाँच मिटर माथिबाट विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७९ मा निर्माण शुरू भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित भएको जनसम्पर्क अधिकृत पाण्डेले बताए । 

एक अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँ हुँदै बाँध र विद्युत् गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ५२ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर