श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार पुर्‍याउनुपर्ने | Khabarhub Khabarhub

श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार पुर्‍याउनुपर्ने


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार रुपैयाँ पुर्‍याउनुपर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १७ हजार ३०० मा मर्यादित रोजगारी नहुने भएकाले न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताएका हुन् ।

‘समान काममा लैङ्गिक विभेद गरिनुहुन्न, अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षामा लैजानुपर्छ, श्रमिकले गरेको कामको राम्रो ज्याला नदिएसम्म समृद्धि सम्भव हुँदैन, श्रमको क्षेत्र  निजीकरण बढी हुँदा श्रम आयोग गठन गर्न मानिरहेका छैनन्, कुनै दिन श्रम आयोग बन्छ, यसमा हामी लागिरहेका छौँ’, उनले भने । 

प्राधिकरणको बक्यौता २३ अर्ब रुपैयाँ उठाउन बाँकी रहेकाले नेता कोइरालाले बक्यौता नउठाई प्राधिकरण धराशायी भयो भन्नु नमिल्ने बताए । प्राधिकरणको बक्यौता नउठाए देशकै अवस्था नाजुक हुने उल्लेख गर्दै सर्वसाधारणले किन प्राधिकरणलाई महसुल तिर्ने ? भन्ने प्रश्न उनले गरे । 

नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’ मा र युरोपियन युनियनको पनि ‘ग्रे लिस्ट’ मा नेपाल परेकाले यो अवस्थाबाट निकास दिनुपर्ने उनको जोड थियो । भ्रष्टाचार गर्दिन भनेर कसैले विश्वास नगर्ने उल्लेख गर्दै नेता कोइरालाले एउटै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसैलाई डाम्ने र कसैलाई उन्मुक्ति दिन नहुने बताए । 

विदेशबाट आउने विप्रेषणमा समस्या रहेकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए । कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विसं २०४६ मा सात प्रतिशत विद्युतीय भएकामा हाल ९८ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गर्दै यो लोकतन्त्रपछिको उपलब्धि भएको बताए । प्राधिकरणलाई खण्डीकरणभन्दा पनि सबलीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ०० बजे

एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन 

काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा स् बसन्त चौधरीको उपन्यास ‘देवयानी’

काठमाडौं– नेपाली साहित्यमा लामो समयदेखि कविता, गजल, गीत र प्रेरणादायी

धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरूमा