गृहमन्त्रीको आरोप- मेराविरुद्ध रास्वपा कार्यालयमा नक्कली पीडित खडा गरेर उजुरी हालियो « Khabarhub

गृहमन्त्रीको आरोप- मेराविरुद्ध रास्वपा कार्यालयमा नक्कली पीडित खडा गरेर उजुरी हालियो


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा नक्कली पीडित खडा गरेर किर्ते जाहेरी हालिएको आरोप लगाएका छन् ।

आफूविरुद्ध शुक्रबार पनि रास्वपाले संसद्मा विरोध गरिरहेपछि उनले त्यस्तालाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बावजुदत संसद्को रोष्ट्रममा उभिएर जवाफ दिएका लेखकले यस्तो दाबी गरेका हुन् ।

आफ्नो राजनीतिक जीवन सधैँ पारदर्शी रहेको बताउँदै उनले कहिल्यै गलत काम नगरेको दाबी पनि गरे ।

तर, अहिले यो प्रकरणमा आफूलाई राजनीतिक पूवाग्रह साँधी षड्यन्त्र गरेर गलत आरोप लगाइएको उनले बताए ।

उनले रास्वपाको नाम नलिई आफूविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरेर किर्ते उजुरी दिने षड्यन्त्र गरिएको सूचना पाएको बताए । उनले त्यसमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी पनि संसद्‍बाट दिएका छन् ।

रास्वपाका सांसद मनिष झाले यस प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको प्रमाण रहेको दाबी शुक्रबारको संसद् बैठकमै गरेका थिए ।

उनले आफूहरूको आन्दोलन जारी रहेको पनि बताएका थिए । गृहमन्त्रीले जवाफ दिँदै गर्दा रास्वपाका सांसदहरू भने वेल घेराउमा उत्रिए ।

रास्वपा र राप्रपाको अवरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाए।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बनमा परेको सूचना पनि सभामुखले सुनाए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ४९ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२