करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

खोटाङ – करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ ।

सेगेलेमस्थित घरमा जडान गरिएको विद्युत्को तार हटाउने क्रममा आज दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । केन्द्र पु¥याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य थिए । उनको शव परीक्षण गृहमा राखिएको छ ।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सन्तोष भुजेल करेन्ट लागेर गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित पोक्लुमा टेकमाइन्ड नेटवर्क कम्पनीको इन्टरनेट मर्मत गर्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएका भुजेललाई गाडीमार्फत उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार शरीरका विभिन्न भागमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारपछि स्वास्थ्यमा सुधार आएको छ ।

भुजेललाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको जिल्ला अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ९ : ४६ बजे

सम्हालिँदै अर्थतन्त्र, अधिकांश आर्थिक सूचक सकारात्मक

काठमाडौं– कांग्रेस–एमालेको गठबन्धन सरकारले एउटा आर्थिक वर्षको बजेट पूरै कार्यान्वयन

महिलामाथि घृणात्मक भाषाको बढ्दो प्रयोग

नेपालको सामाजिक संरचनामा परम्परागत पितृसत्तात्मक सोचले गहिरो रूपमा जरा गाडेको

इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको

किसानले खाद्य संस्थान जनकपुरलाई बिक्री गरेनन् गहुँ

जनकपुरधाम– बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान

नेताले जितेको, जनता हारेको प्रजातन्त्र

नेपालमा सुशासन कहिले थियो होला ? कुनै कालखण्ड सम्झिँदा पनि