मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा « Khabarhub

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट महिनादेखि लागु हुने गरी युरोपेली युनियन र मेक्सिकोको समानमा ३० प्रतिशत करको घोषणा गरेका छन्।

उनले अमेरिकाको व्यापारिक साझेदार देशहरूले यसको प्रतिकार गर्दै कर लगाउने घोषणा गरे यो दायरा अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकाको सबै भन्दा ठुलो व्यापारिक साझेदार २७ देश सम्मिलित युरोपेली युनियनले १ अगस्ट भन्दा पहिले नै वार्ता गर्ने अपेक्षा पनि गरिएको छ। ट्रम्पले यो साता १ अगस्टदेखि लागु हुने गरी जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलका समानमा पनि करको घोषणा गरेका थिए।

शुक्रबार राष्ट्रपति ट्रम्पले युरोपेली युनियनकी प्रमुख उरुस्ला भन डेर लियनलाई सम्बोधन गर्दै लेखेको पत्रमा युरोपेली युनियनसँग लामो समयको व्यापारिक सम्बन्ध भए पनि अहिले युनियनले लिएको नीतिका कारण अमेरिका पनि यो निर्णयमा पुग्न बाध्य भएको कुरा उल्लेख गरिएको छ।

ट्रम्पले लेखेको पत्रमा अमेरिका र युरोपेली युनियन बीचको सम्बन्ध प्रतिकात्मक भन्दा धेरै माथि रहेको कुरा उल्लेख गरिएको छ।

यसअघि २ अप्रिलमा ट्रम्पले सो ब्लकबाट आउने सामानमा २० प्रतिशत करको घोषणा गरेका थिए। त्यसपछि उनले युरोपेली युनियनको विरुद्धमा ५० प्रतिशत करको घोषणा गरेका थिए। ९ जुलाई भन्दा अघि नै अमेरिका र युरोपेली युनियनको बिचमा वार्ता हुने अपेक्षा गरिएको थियो। तर त्यो सम्भव भएको छैन।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ४२ बजे

केपीलाई बिन्दाको सुझाव : सम्मानपूर्वक नेतृत्व छाडेर एमालेको अभिभावक बन्नुस्

काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले आफू

पोखरा विमानस्थल भ्रष्टाचार : ४ खर्ब ५१ अर्ब बढी बिगो माग गर्दै अख्तियारले दायर गर्‍यो मुद्दा (विज्ञप्तिसहित)

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष

चिनियाँ कम्पनी सीएएमसीको निर्णायक भूमिका, ‘मतियार’का रुपमा भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा

अख्तियारको अनुसन्धानमा यी पाँच पूर्वमन्त्रीको के के थियो बदमासी ?

काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग

प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई भनिन्- निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिनुस्

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका