मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा « Khabarhub

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट महिनादेखि लागु हुने गरी युरोपेली युनियन र मेक्सिकोको समानमा ३० प्रतिशत करको घोषणा गरेका छन्।

उनले अमेरिकाको व्यापारिक साझेदार देशहरूले यसको प्रतिकार गर्दै कर लगाउने घोषणा गरे यो दायरा अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकाको सबै भन्दा ठुलो व्यापारिक साझेदार २७ देश सम्मिलित युरोपेली युनियनले १ अगस्ट भन्दा पहिले नै वार्ता गर्ने अपेक्षा पनि गरिएको छ। ट्रम्पले यो साता १ अगस्टदेखि लागु हुने गरी जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलका समानमा पनि करको घोषणा गरेका थिए।

शुक्रबार राष्ट्रपति ट्रम्पले युरोपेली युनियनकी प्रमुख उरुस्ला भन डेर लियनलाई सम्बोधन गर्दै लेखेको पत्रमा युरोपेली युनियनसँग लामो समयको व्यापारिक सम्बन्ध भए पनि अहिले युनियनले लिएको नीतिका कारण अमेरिका पनि यो निर्णयमा पुग्न बाध्य भएको कुरा उल्लेख गरिएको छ।

ट्रम्पले लेखेको पत्रमा अमेरिका र युरोपेली युनियन बीचको सम्बन्ध प्रतिकात्मक भन्दा धेरै माथि रहेको कुरा उल्लेख गरिएको छ।

यसअघि २ अप्रिलमा ट्रम्पले सो ब्लकबाट आउने सामानमा २० प्रतिशत करको घोषणा गरेका थिए। त्यसपछि उनले युरोपेली युनियनको विरुद्धमा ५० प्रतिशत करको घोषणा गरेका थिए। ९ जुलाई भन्दा अघि नै अमेरिका र युरोपेली युनियनको बिचमा वार्ता हुने अपेक्षा गरिएको थियो। तर त्यो सम्भव भएको छैन।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ४२ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६