गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा | Khabarhub Khabarhub

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा कब्जा जमाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार इजरायलले गाजा खाली गराउने घोषणा गरेपछि त्यहाँको ८६ दशमलव १ प्रतिशत स्थान इजरायली सेनाले कब्जा गरेको हो। पछिल्लो इजरायली आक्रमणमा दुई अमेरिकी नागरिकको पनि ज्यान गएको छ।

आक्रमणपछि राहत लिन गएका ३४ जनाको ज्यान गएको त्यहाँको मेडिकल श्रोतले जानकारी दिएको छ। योसहित गाजामा एकै दिन ११० जना मारिएका छन्।

यस मध्य जाबालियाको घरमा नै आक्रमण गरेर १६ जनाको ज्यान लिइएको छ। इजरायली आक्रमण उत्तरी गाजामा बढी रहेको छ। लगातार बम बारी भएको छ भने शनिबार मात्र ४० वटा मिसाइल प्रहार गरिएको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : १२ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको