काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित  « Khabarhub

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ ।

आज बिहान बसेको कार्यपालिका बैठकले महानगरको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

कार्यपालिकाले पारित गरेको बजेट आजै दिउँसो २ बजे बस्ने नगरसभा बैठकमा पेस हुनेछ ।

नगर सभामा पेस हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट पास गरेको हो ।

गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो । सोही सिमा रहेर बजेट आएको कार्यपालिका स्रोतले जानकारी दिएको छ ।

शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ११ : २० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम