काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित  « Khabarhub

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ ।

आज बिहान बसेको कार्यपालिका बैठकले महानगरको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

कार्यपालिकाले पारित गरेको बजेट आजै दिउँसो २ बजे बस्ने नगरसभा बैठकमा पेस हुनेछ ।

नगर सभामा पेस हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट पास गरेको हो ।

गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो । सोही सिमा रहेर बजेट आएको कार्यपालिका स्रोतले जानकारी दिएको छ ।

शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ११ : २० बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी