२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति « Khabarhub

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको रियालिटी शो ‘कौन बनेगा करोडपति (केबीसी)’ फेरि एक पटक नयाँ सिजनसहित दर्शकमाझ फर्किन लागेको छ । २५ वर्षअघि सुरु भएको यो शो आज पनि दर्शकहरूको मनमुटुमा उस्तै स्थान ओगट्न सफल छ ।

सन् २००० मा पहिलो पटक प्रसारणमा आएको ‘केबीसी’ले न केवल ज्ञानमा आधारित मनोरञ्जनको नयाँ ढोका खोल्यो, यो शो सुपरस्टार अमिताभ बच्चनको करियर पुनर्जीवित गराउने महत्त्वपूर्ण मोडसमेत बन्यो । अहिले, २५ वर्षपछि पनि बच्चन नै यसको होस्टको रूपमा फर्किन लागेका छन् ।

पछिल्लो केही सातादेखि शोको होस्टबारे विभिन्न अड्कलबाजी चलिरहेका थिए । कतिपयले भनेका थिए कि अमिताभ बच्चनले व्यक्तिगत कारणले शो छोड्ने भएका छन् र उनको स्थानमा सलमान खानले कार्यक्रम सञ्चालन गर्नेछन्। तर, सोनी टिभीका आधिकारिक स्रोतहरूले यी सबै अफवाहलाई खारेज गरेका छन् ।

अन्ततः शोको सिजन १७ को नयाँ प्रोमो २६ गते बिहीबार सार्वजनिक भएपछि सबै अड्कलहरू समाप्त भएका छन् । प्रोमोमा अमिताभ बच्चन आफ्नै ‘अग्निपथ’ शैलीमा देखिन्छन् र शोको नयाँ थिम “जहाँ अकल है, वहाँ अकड़ है” घोषणा गर्छन् ।

‘केबीसी सिजन १७’ आगामी ११ अगस्ट २०२५ बाट सोमबारदेखि शुक्रबार राति ९ बजे सोनी टिभीमा प्रसारणमा आउनेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ३७ बजे

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

भैरहवा –सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो