अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल « Khabarhub

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका छन् । उनको हालै प्रदर्शनमा आएको तेलुगु चलचित्र ‘कन्नप्पा’ को एउटा संवाद भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेता टेलिप्रम्प्टरमा निर्भर रहेको आरोप लागेको हो ।

भिडियोमा अक्षय कुमार भगवान शिवको भूमिका निर्वाह गर्दै शक्तिशाली संवाद बोलिरहेका छन् । तर, ध्यान दिएर हेर्दा उनका आँखा टेलिप्रम्प्टरतर्फ सर्दै गरेको देखिन्छ । एक फ्यानले उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दा उनको आँखाको हेराइमा स्पष्ट देखिएको हो । यसपछि सामाजिक सञ्जालमा यस बारे चर्चा चल्न थाल्यो ।

केही प्रयोगकर्ताले अक्षयको यस समर्थन गरे पनि, धेरैले उनको आलोचना गरेका छन्। एक प्रयोगकर्ताले भनेका छन्, “टेलिप्रम्प्टर कुमार, ४० दिनमै फिल्म यसरी बनाइन्छ भने अन्य कलाकारहरूले कसरी गर्छन् ?” अर्को प्रयोगकर्ताले लेखेका छन्, “पहिले जोशिला र प्रतिभाशाली थिए अक्षय कुमार, अहिले सबै संवाद टेलिप्रम्प्टरबाट पढ्छन् । उनलाई संवाद सम्झन नै चासो छैन।”

यो पहिलो पटक होइन जब अक्षय कुमार टेलिप्रम्प्टर प्रयोग गरेको भन्दै आलोचना झेल्दै आएका छन् । यसै वर्ष प्रदर्शन भएको फिल्म  ‘सरफिरा’ को प्रचार क्रममा पनि यस्तै आरोप सार्वजनिक भएको थियो। 

‘कन्नप्पा’ फिल्म भगवान शिवका भक्त कन्नप्पाको जीवनकथामा आधारित तेलुगु चलचित्र हो। यसमा तेलुगु अभिनेता विष्णु मञ्चु मुख्य भूमिका छन् भने अक्षय कुमार, प्रभास, मोहनलाल र काजल अग्रवालले विशेष क्यामियो भूमिका निभाएका छन् ।

यो विवादले बलिउडमा कलाकारहरूको अभिनय प्रक्रियामा टेलिप्रम्प्टर प्रयोगको विषयमा पुनः बहस सुरु गरेको छ। दर्शकहरूले कलाकारको वास्तविक अभिनय क्षमता र मेहनत देख्न चाहन्छन्, र यस किसिमको घटना त्यसमा असर पार्ने बताइन्छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : ०५ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा