स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने « Khabarhub

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्न सहमत भएको कम्पनीनिकट लगानीकर्तालाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ ।

मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको एक्सएआईको पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’ जम्मा गर्ने एक हिस्साका रुपमा यो लगानी गरिएको रिपोर्टमा उल्लेख छ । यो स्पेसएक्सको एक्सएआईमा पहिलो ज्ञात लगानी हो र अर्को कम्पनीमा यसको सबैभन्दा ठूलो लगानी  हो।

मस्कले एआई सञ्चालनलाई प्रोत्साहन गर्न आफ्नो व्यापार साम्राज्यलाई बारम्बार परिचालन गरेका छन् । मस्को लगानीको एक्स एआई (एक अग्रणी एआई अनुसन्धान र परिनियोजन कम्पनी च्याटजीपीटी प्लेटफर्म सिर्जना गर्नका लागि प्रसिद्ध) ओपनएआईसँग प्रतिस्पर्धा गरिरहेको छ ।  

यस वर्षको सुरुमा उनले एआई अनुसन्धान प्रयोगशाला एक्सएआईलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एकीकृत गरी ग्रोकको पहुँच बढाउने प्रयासलाई अघि बढाएका थिए । यो सहकार्यले नयाँ कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेकोे रिपोर्टमा उल्लेख छ ।

मस्कले ग्रोकलाई ‘विश्वको सबैभन्दा स्मार्ट एआई’ को संज्ञा दिएका छन् । यसले स्पेसएक्सको उपग्रह इन्टरनेट सेवा, स्टारलिङ्कको लागि ग्राहक–समर्थन सुविधाहरूलाई सहयोग गर्छ । एआई च्याटबोट ग्रोक ४ को बुधबारको रिलीजको क्रममा, मस्कले टेस्लाको ‘अप्टिमस फ्लीट’ जस्तै ‘ह्युमनोइड रोबोट’हरूमा ‘ग्रोक एम्बेड’ गर्ने आफ्नो सङ्केत प्रकट गरेका छन् । 

मस्कका प्रतिनिधिले भविष्यमा स्पेसएक्स र एक्सएआईबीच थप व्यावसायिक साझेदारी हुने बताएका छन् ।  रासस

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : २५ बजे

‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’

काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा