सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ? « Khabarhub

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा जोडिएको अडिओ प्रकरणबारे छानबिन हुनुपर्ने माग गरेकी छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले मन्त्री गुप्ता जोडिएको अडिओ प्रकरणको छानबिन हुनुपर्ने माग गरेकी हुन् ।

पूर्वशिक्षामन्त्री समेत रहेकी उनले दुई दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले घुस डिल गरिरहेको अडिओ बाहिरिएको अवस्थामा सरकार चुप बस्न नसक्ने बाइन् ।

उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको उनले बताइन् । ‘मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?’, उनले प्रश्न गरिन् ।

श्रेष्ठले मालपोत कार्यालयको प्रमुख पठाउनेदेखि भूमि आयोगका जिल्ला अध्यक्ष नियुक्तिमा पनि घुसको सेटिङ चलिरहेको बताइन् ।

‘कास्की मालपोत कार्यालयमा को पठाउनेमा पनि घुस, त्यहीँकै भूमि आयोग जिल्ला अध्यक्षमा पनि लेनदेनको सेटिङ ? किन भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजिएको बुझियो’, उनले भनिन्, ‘आफूअनुकूल मान्छे, आफूअनुकूल कानुन । उक्त घुस प्रकरणमा एकजना मन्त्रीले अर्को मन्त्रीलाई पोलेको सुनिएको छ । यसको छानबिनको माग गर्छौं ।’

गुप्ताले घुस डिल गरिरहेको उक्त अडिओमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रकम लिइसकेकाले अब उनले काम नगर्ने भनिएको छ । ‘उक्त अडिओमा सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ?’, उनले भनेकी छन्, ‘अडिओमा भनिएका ‘बा’ भनेका के हुन् ?’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : ०६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा