धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ « Khabarhub

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको हैकमवाद नस्वीकार्ने बताएका छ्न ।

अध्यक्ष लिङ्देनले अति गरेपछि बाध्य भएर निर्वाचन आयोगमा आउनुपरेको दाबी पनि उनले गरेका छन् । आइतबार निर्वाचन आयोग परिसरमा उनले पार्टी फुटाउन नदिने बताएका छन् ।

अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीसहितलाई साथ दिने क्रममा उनले कसैको पनि स्वेच्छाचारी निर्णय नस्वीकार्ने बताए ।

सुवेदीसँगै निर्वाचन आयोगमा उजुरी दिन पुगेका महामन्त्री राणाले अध्यक्ष लिङ्देनको हैकमवाद सह्य हुन नसक्ने दोहोर्‍याए ।

आफूले अहिलेको समस्याको हल सहमतिबाट खोज्न खोजे पनि परिस्थिति त्यस्तो बन्न नसकेको उनले बताए ।

‘हामी निर्वाचन आयोगमा आउनुपर्ने परिस्थिति बन्यो । लामो समयदेखि पार्टीमा योगदान गरेकालाई निकाल्ने, कसैले सानो विषयमा उहाँबारे लेखिदिए त्यसलाई पदबाट हटाइदिने, हुँदाहुँदा अनुशासन आयोगको अध्यक्षलाई हटाएर अर्को मान्छे राख्ने ?’, उनले भने ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : १५ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा