धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ « Khabarhub

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको हैकमवाद नस्वीकार्ने बताएका छ्न ।

अध्यक्ष लिङ्देनले अति गरेपछि बाध्य भएर निर्वाचन आयोगमा आउनुपरेको दाबी पनि उनले गरेका छन् । आइतबार निर्वाचन आयोग परिसरमा उनले पार्टी फुटाउन नदिने बताएका छन् ।

अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीसहितलाई साथ दिने क्रममा उनले कसैको पनि स्वेच्छाचारी निर्णय नस्वीकार्ने बताए ।

सुवेदीसँगै निर्वाचन आयोगमा उजुरी दिन पुगेका महामन्त्री राणाले अध्यक्ष लिङ्देनको हैकमवाद सह्य हुन नसक्ने दोहोर्‍याए ।

आफूले अहिलेको समस्याको हल सहमतिबाट खोज्न खोजे पनि परिस्थिति त्यस्तो बन्न नसकेको उनले बताए ।

‘हामी निर्वाचन आयोगमा आउनुपर्ने परिस्थिति बन्यो । लामो समयदेखि पार्टीमा योगदान गरेकालाई निकाल्ने, कसैले सानो विषयमा उहाँबारे लेखिदिए त्यसलाई पदबाट हटाइदिने, हुँदाहुँदा अनुशासन आयोगको अध्यक्षलाई हटाएर अर्को मान्छे राख्ने ?’, उनले भने ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : १५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर