मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अङ्कको सुधार « Khabarhub

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अङ्कको सुधार


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ता चासो देखिएको छ । 

आइतबार नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख पाँच हजार ४१५ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बैंकिङ समूह तीन दशमलव ३७ र लघुवित्त समूह तीन दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक एक दशमलव ४७, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ र म्युचुअल फन्ड एक दशमलव ०८ प्रतिशतले बढेको छ । 

अरु सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् शून्य दशमलव ८३, लगानी शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३४, व्यापार शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ ।

एनआईसी एसिया बैंक लिमिटेड र खानेपानी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको सबैभन्दा धेरै ३७ करोड १४ लाख ९९ हजार ३२ रुपैयाँ बराबरको कारोबार भएको भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डको २० लाख ५४ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ३ : ४४ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने