काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ७३ लाखको बजेट « Khabarhub

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ७३ लाखको बजेट


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको छ ।

राष्ट्रिय सभागृहमा बसिरहेको गरसभा बैठकमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ७३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको बताएकी हुन् । ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी उक्त परिमाणको बजेट ल्याएको उनले बताइन् ।

उनका अनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा जम्मा हुने देखिएको छ । जसमा काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक खातामा २० अर्ब १२ करोडको स्रोत व्यवस्थापन हुने निश्चित भएको छ ।

उता नेपाल सरकारबाट समानीकरण र राजस्व बाँडफाँटबाट ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजारको स्रोत व्यवस्थापन भएको उनले बताइन् ।

आइतबारै बिहान बसेको कार्यपालिका बैठकले महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको २५ अर्ब बराबरको बजेट पारित गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : १० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम