गुटखा खाने प्रहरी सेवाबाटै बर्खास्त हुन सक्ने « Khabarhub

गुटखा खाने प्रहरी सेवाबाटै बर्खास्त हुन सक्ने


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको तेस्रो ठूलो प्रदेश सिन्धमा गुट्खा सेवन गर्ने लत लागेका सिन्ध प्रहरी अधिकारी र कर्मचारीहरू विरुद्ध कडा कारबाही गर्ने निर्णय गरिएको छ ।

यो निर्णयपछि गुट्खा सेवन गर्ने सिन्ध प्रहरी अधिकारी र कर्मचारीहरूलाई रङ्गेहात पक्राउ गरिएको थियो । सिन्धका आईजीले ती कर्मचारीहरू विरुद्ध कडा कारबाही गर्ने निर्णय गरेको डनन्युजले उल्लेख गरेको छ ।

डन न्यूजका अनुसार सिन्धका आईजी गुलाम नबी मेमनको आदेशमा जारी गरिएको सूचना अनुसार गुटखाको लत लागेका अधिकारी र कर्मचारीहरूको सूची तयार गर्न आदेश जारी गरिएको छ ।

सूचनामा प्रहरी कर्मचारीहरूलाई गुटखा छोड्न १० दिनको समय दिइएको छ । गुटखा नछाडे कारबाही गरिने चेतावनी जारी गरिएको छ ।

गुट्खा खाँदा स्वास्थ्यमा मात्र नभई प्रहरीको प्रतिष्ठामा पनि असर पर्ने भन्दै जारी सूचनामा गुट्खा खान नछोड्ने अधिकारी तथा कर्मचारीलाई विभागीय कारबाही गरिने उल्लेख छ ।

सूचना अनुसार गम्भीरताको कमी देखिएमा अधिकारीलाई सेवाबाट बर्खास्त गर्न सक्नेछ । सिन्ध प्रहरीका अनुसार प्रान्तका सबै जिल्लाबाट गुटखा सेवन गर्ने प्रहरी कर्मचारीहरूको रिपोर्ट माग गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : २५ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।